Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कप्तान पौडेलले भने – हाम्रो एकमात्र लक्ष्य विश्वकपमा छनोट हुनु हो

    कप्तान पौडेलले भने – हाम्रो एकमात्र लक्ष्य विश्वकपमा छनोट हुनु हो

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 699
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले ट्वान्टी–२० विश्वकपमा छनोट हुनु नै आफूहरूको एकमात्र लक्ष्य रहेको बताएका छन् । आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमना कप्तान पौडेलले पहिलाको कुरालाई बिर्सिएर मुख्य लक्ष्य अब आउने खेलमा लगाएको बताए ।

    पछिल्ला ६ महिनायता ब्याटिङ राम्रो भएको बताएका उनले क्वालियफायर घरेलु मैदानमा भएको र आफूहरुले ठूलो अवसरका रूपमा लिएको बताए। उनले कुनै पनि टिमलाई सहज रूपमा नलिएको र क्वालिफाइ हुने आफूहरूको लक्ष्य रहेको बताए ।



    सबै खेलाडीहरूले आफूहरूको अनुभव प्रदर्शन गरेर विश्वकपमा छनोट हुनुपर्ने बताए । उनले भने–‘हामीले सुरूको १० ओभरमा राम्रो ब्याटिङ गरिरहेका थियौं । तर, पछाडिको १० ओभरमा कोल्याप्स भयो । दिप्पीदाइ र मेरो विकेट महत्वपूर्ण थियो ।’



    सोमपाल कामीले फास्ट बलरलाई राम्रो खेल्न सक्ने भनेर ३ नम्बरमा खेलाइएको उनले प्रष्ट पारे । आगामी म्याचमा कन्डिसनलाई हेरेर कसलाई कुन ब्याटिङ क्रममा खेलाउने भन्ने निर्णय लिइने उनको भनाइ छ ।

    ‘हामी लचक हुनुपर्छ । ओपनरहरू फिक्स्ड हुन्छ, अरु आवश्यकता अनुसार तलमाथि गर्न सकिन्छ,’ उनले भने ।

    ‘उहाँ अनुभवी र राम्रो बलर हुनुहुन्छ । उहाँको उपस्थिति महत्वपूर्ण छ,’ पौडेलले भने । कन्डिसन हेरेर सन्दीपलाई कसको स्थानमा खेलाउने भन्ने निर्णय हुने उनको भनाइ छ । कप्तान पौडेलले कुनै पनि टीमलाई कमजोररूपमा नलिइने र आफ्नो बेस्ट क्रिकेट खेल्ने पनि बताए ।

    पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टी देसाईले कुनैपनि टिमले विपक्षी टिमलाई कमजोर आँक्न नहुने बताए । उनले नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । उनले एकपटकमा एउटा खेलको रणनीतिका साथ अघि बढ्ने बताए । उनले आफ्ना लागि सबै खेल महत्त्वपूर्ण रहेको बताए ।

    उनले भने–‘हामी केही समयदेखि राम्रो खेलिरहेका छौं । आफ्नो कमजोरीहरूमा सुधार गरेका छौं । सबै खेलाडीलाई आफ्नो रोल र गेम प्लान थाहा छ । हामी आफ्ना बलिङ र ब्याटिङ दुवैमा विश्वस्त छौं ।’ देसाईले ‘एकपटकमा एउटा खेल’ को रणनीति लिएर अघि बढ्ने बताए ।

    ‘हाम्रो लागि प्रत्येक म्याच महत्वपूर्ण छन् । त्यसैले वान गेम एट अ टाइम भन्ने हाम्रो मन्त्र हुनेछ,’ उनले भने । देसाईले टी–२० मा एक–दुई खेलाडीको प्रदर्शनले पनि नतिजा फरक पर्न सक्ने भएकाले त्यही अनुसार खेलाडीको ‘टेम्परमेन्ट’ मा पनि काम गरेको बताए । त्रिकोणात्मक सिरिजको फाइनलमा भोगेको हारलाई बिर्सिएर अघि बढ्ने उनको भनाइ छ ।

    कप्तान रोहित पौडेलले विगत ६–७ महिनादेखि नेपाली टीमले राम्रो खेलिरहेको तर, त्रिकोणात्मक सिरिजको फाइनलमा केही गल्तीका कारण हार्नुपरेको बताए ।

    सन्दीप लामिछानेको कमब्याकले नेपालको बलिङ मजबुत हुने प्रशिक्षक र कप्तान दुवैको भनाइ थियो । देसाईले भने–‘सन्दीपलाई अलिकति ब्रेक चाहिएको थियो । अब ऊ नयाँ इनर्जीका साथ ड्रेसिङ रूममा फर्किएको छ । उसको उपस्थितिले धेरै फरक पर्नेछ ।’ कप्तान पौडेलले पनि सन्दीप आएपछि टीममा ब्यालेन्स भएको बताए ।

    कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुने विश्वकप छनोट यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ । नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया छन् भने समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् ।

    छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टीयू क्रिकेट मैदानमा खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार