Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • टी–२० विश्वकप छनोट : नेपालको आक्रामक ब्याटिङ, कुशलको अर्धशतक

    टी–२० विश्वकप छनोट : नेपालको आक्रामक ब्याटिङ, कुशलको अर्धशतक

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 609
    SHARES

    काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटअन्तर्गत नेपालका कुशल मल्लले सिंगापुरविरुद्ध अर्धशतक पूरा गरेका छन् । उनले २६ बलमा अर्धशतक पूरा गरेका छन् ।

    कुशलले २ छक्का र ६ चौका प्रहार गरेका छन् । १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले आक्रामक ब्याटिङ गर्दै ९ ओभरमा एक विकेटको क्षतिमा ८४ रन जोडेको छ ।



    कुशलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं पटक अर्धशतक बनाएका हुन् । नेपालका आशिफ शेख २७ रन बनाएर आउट भएका छन् ।



    अहिले नेपालका कप्तान रोहित पौडेल र कुशल भुर्तेलले ब्याटिङ गरिररहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार