Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दिपेन्द्रले टी–२० विश्वकप छनोटका खेल गुमाउने

    दिपेन्द्रले टी–२० विश्वकप छनोटका खेल गुमाउने

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । क्रिकेटर दिपेन्द्र सिंह ऐरीले टी–२० विश्वकपको एसियाली छनोटका सबै खेल गुमाउने संभावना बढेको छ ।

    सोमबार सिंगापुरसँगको खेलअघि अभ्यास गर्ने क्रममा ऐरीको गोलीगाँठोमा चोट लागेको थियो । त्यसैले उनको ठाउँमा सिंगापुरसँगको खेलमा विवेक यादवलाई प्लेइङ ११ मा राखिएको थियो ।



    ऐरीलाई घाइते भए लगत्तै उपचारका लागि मेडसिटी अस्पताल लगिएको थियो । अस्पतालबाट उनी ब्यान्डेज बाँधेर र बैशाखी टेकेर त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फर्केका थिए ।



    नेपालले भोलि मलेसिया र बिहीबार ओमानसँग खेल्नेछ। त्यसपछि शुक्रबार सेमिफाइनल र आइतबार फाइनल हुनेछ। त्यसअघि उनी मैदान फर्कने सम्भावना न्यून छ।

    अघिल्लो साता नेपालमै भएको हङकङ र युएईविरूद्धको टी–२० सिरिजमा दीपेन्द्रले उत्कृष्ट खेल देखाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार