Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • टी–२० विश्वकप छनोट : अर्ना बियरले एक रनमा एक हजार र एक विकेटमा २५ हजार नगद दिने

    टी–२० विश्वकप छनोट : अर्ना बियरले एक रनमा एक हजार र एक विकेटमा २५ हजार नगद दिने

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । अर्ना वियरले टी–२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ ।

    अर्ना वियरले टी–२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको हो ।



    त्यस्तै बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने घोषणा गरेको हो ।



    अर्ना बियरले गत भदौमा भएको एसिया कप क्रिकेटमा चौका, छक्का र विकेट लिने खेलाडीलाई पुरस्कार दिएको थियो ।

    टी–२० विश्वकपको एसिया छनोट भोलि सोमबारदेखि काठमाडौंमा सुरु हुँदै छ । नेपालले पहिलो खेल सोमबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरविरुद्ध खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार