Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • १५ हजार घुससहित सबइन्जिनीयर प्रविन अख्तियारको फन्दामा

    १५ हजार घुससहित सबइन्जिनीयर प्रविन अख्तियारको फन्दामा

    अनलाइन नेपाल
  • शनिबार, ४ चैत्र २०७९
  • 519
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीबाट एकजना सबइन्जिनीयरलाई घुस रकमसहित पक्राउ गरेको छ ।

    जिल्लाको पोखरा महानगरपालिका–२८ वडा कार्यालयमा कार्यरत सबइन्जिनीयर प्रविन बिक १५ हजार घुस रकमसहित पक्राउ गरेका हुन् ।



    बिकलाई अख्तियारको कार्यालय पोखराबाट खटिएको टोलीले पोखरा महानगरपालिका–१४ चाउथेबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।



    बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारबाट खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिइएका बिकमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार