Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जुम बैठकमा महिला कर्मचारीमाथि अमर्यादित हर्कत गर्ने डीनले दिए राजीनामा

    जुम बैठकमा महिला कर्मचारीमाथि अमर्यादित हर्कत गर्ने डीनले दिए राजीनामा

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 474
    SHARES

    काठमाडौं । जुम बैठक चलिरहँदा महिला कर्मचारीमाथि अश्लील हर्कत गर्ने चितवन रामपुरको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्तले राजीनामा दिएका छन् ।

    उनले सोमबार उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीलाई इमेल मार्फत राजीनामा पत्र बुझाएका हुन् ।



    उपकुलपति रेग्मीले डीन दत्तले राजीनामा दिएको पुष्टि गरेका छन् ।



    राजीनामामा आफू निलम्बित भइसक्दा पनि सामाजिक सञ्जालमार्फत विरोध आइरहेकोले राजीनामा दिएको उल्लेख गरेको रेग्मीले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार