Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भोज खाएर फर्किँदै गरेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ घाइते

    भोज खाएर फर्किँदै गरेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ घाइते

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 591
    SHARES

    कैलाली । कैलालीमा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो ।

    जिल्लाको बर्दगोरिया गाउँपालिका ६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा उनीहरू दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदीप चन्दका अनुसार अनियन्त्रित भएर ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको र २८ जना घाइते भएका हुन् । मृत्यु हुनेमा भजनी ९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन् । उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।



    सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टर नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार