Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • त्रिदेशीय फुटबल खेल्ने नेपाली फुटबल टोलीको घोषणा

    त्रिदेशीय फुटबल खेल्ने नेपाली फुटबल टोलीको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 576
    SHARES

    काठमाडौं । बुधवारदेखि घरेलु मैदानमा हुने प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्ने नेपालको टिम घोषणा भएको छ ।

    नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले मंगलबार २३ सदस्सीय टिम घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।



    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधवार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।



    थ्री नेसन्स कपमा नेपालसँगै भुटान र लाओसकाे सहभागिता रहेकाे छ ।

    यस्तो छ नेपाली टोली

    गोलकिपरः किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

    डिफेन्डरः सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी, निशान खड्का

    मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट , नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा, भरत खवास

    फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दीपक सिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ, मनिष डाँगी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार