Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारत-नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल घटाउन मन्त्री शर्माको आग्रह

    भारत-नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल घटाउन मन्त्री शर्माको आग्रह

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 591
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गरेकी छन् ।

    नयाँ दिल्लीमा भएको भारतीय समकक्षीसँगको द्विपक्षीय बैठकमा सञ्चारमन्त्री शर्माले यस्तो आग्रह गरेकी हुन् ।



    सञ्चारमन्त्री शर्माले भनिन्, ‘नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ । दुबै देशबीच रहेको टर्मिनल चार्जमा पुनरावलोकन गरी सुलभ महसुल दरमा सेवा उपलब्ध गराउनुपर्ने देख्छु ।’



    सञ्चारमन्त्री शर्माले भारतीय टेलिभिजन च्यानलहरू नेपालमा सहजै प्रसारण हुने तर नेपाली च्यानलहरू भने भारतमा प्रसारण हुन कठिन रहेकातर्फ ध्यानाकर्षण गराएकी थिइन् ।

    यस्तै नेपाललाई सूचना प्रविधिका क्षेत्रमा थप दक्ष जनशक्ति आवश्यक हुन थालेकाले शैक्षिक कार्यक्रममा नेपाललाई सहयोग गर्न पनि उनले भारत सरकारसँग अनुरोध गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार