Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय

    उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 486
    SHARES

    फाइल तस्विर

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराउने निर्णय गरेको छ ।

    पार्टीको कार्यकारिणी समितिको बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको हो ।



    पार्टीका कार्यकारिणी समिति सदस्य केशव झालका अनुसार उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने, बारा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिने तथा २ मन्त्रालयसहित सम्मानजनक रूपमा सरकारमा सहभागी हुने निर्णय समेत गरिएको छ ।



    उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार