Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा

    दुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छन् ।

    बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारकी प्रवक्ता शर्माले यस्तो बताएकी हुन् ।



    सत्तारूढ दलहरूबीच मन्त्रालय बाँडफाँडको विषय पेचिलो बनिरहँँदा शर्माले मन्त्रिपरिषद् विस्तारकोअन्तिम चरणमा पुगेको र एकदुई दिनभित्रै सरकारले पूर्णता पाउने बताईन् ।



    मन्त्री शर्माले भनिन्, ‘सरकार विस्तारको चरणमा हामी छौं । सरकार विस्तारको गृहकार्य करिबकरिब अन्तिम अवस्थामा आएको छ । अब एकदुई दिनमै सरकार विस्तारले पूर्णता पाउनेछ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार