Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

    जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 477
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने भनी सरकारले गरेको घोषणाविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।

    बिहीबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट दर्ता गर्न आदेश दिएको हो ।



    अधिवक्ता ज्ञानेन्द्र आरणलगायतले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णयले हिंसालाई प्रोत्साहन गरेको भन्दै त्यसलाई बदर गर्न माग गरी सर्वोच्च अदालतमा निवेदन पेस गरेका थिए। अदालत प्रशासनले यसअघि निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो ।



    सर्वोच्च प्रशासनले बिदा दिने वा कुनै उत्सव मनाउने वा नमनाउने भन्ने निर्णय सरकारको भएकाले रिट दर्ता गर्न नमिल्ने निर्णय गरेको थियो । तर इजलासले दर्ता गर्न आदेश दिएसँगै अब रिट दर्ता गर्ने बाटो खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार