Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नवनियुक्त अर्थमन्त्री महतद्धारा पदभार ग्रहण, भने – बिग्रेको अर्थतन्त्र सुधारेरै छाड्छु

    नवनियुक्त अर्थमन्त्री महतद्धारा पदभार ग्रहण, भने – बिग्रेको अर्थतन्त्र सुधारेरै छाड्छु

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 600
    SHARES

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा.प्रकाशशरण महतले शपथ लिएलगत्तै पदबहाली गरेका छन् ।

    सिंहदरवारस्थित अर्थ मन्त्रालय पुगेर मन्त्री महतले पदबहाली गरेका हुन् ।



    पदभार ग्रहण गरेपछि अर्थमन्त्री महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताए ।



    उनले मस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गरे ।

    साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने पनि उनले बताए ।

    सरकारले खर्च गर्न सक्ने क्षमता बढाउने भन्दै उनले भने लगानी भित्र्याएर राजस्वको दायरा बढाउने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार