Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्यूठानमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    प्यूठानमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 417
    SHARES

    फाइल तस्विर

    प्यूठान । प्यूठानको माण्डवी गाउँपालिका-५ रम्दीमा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    चेरनेटा रम्दी सडकको नाला बनाउनका लागि गिट्टी लिन खोलातर्फ जाँदै गरेको रा १ त ४१७६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा नौबहिनी गाउँपालिका -१ ठुलागाउँ बस्ने २५ वर्षिया दुर्गा बिकको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्गाको जिल्ला अस्पताल विजुवारमा उपचारका क्रममा मृत्यु भएको हो ।



    दुर्घटनामा परेका ३ जना घाइते छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार