Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • किन बन्द हुँदै छ ‘द कपिल शर्मा शो’ ?

    किन बन्द हुँदै छ ‘द कपिल शर्मा शो’ ?

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 801
    SHARES

    एजेन्सी । भारतीय चर्चित कमेडियन कपिल शर्माको लामो समयदेखि प्रसारण हुँदै आएको ‘द कपिल शर्मा शो’ बन्द हुने भएको छ।

    शो को अन्तिम एपिसोड जुनमा प्रसारण हुनेछ । शोका निर्माताहरुले छिट्टै नयाँ र रचनात्मक सोच लिएर आउने बताएका छन् । पछिल्ला केही वर्षयता कपिल शर्माले कामबाट छोटो समयका लागि बिदा बस्ने बताउँदै आएका थिए।



    उनले आफ्नो परिवारसँग समय बिताउन चाहेको बताउँदै आएका छन्। कार्यक्रम बन्द भएको अवधिमा निर्माताहरूले पनि यसको स्वरूपमा केही परिवर्तन गर्ने र केही नयाँ कुरा थप्ने बताइएको छ। यो सिजनको कार्यक्रमको अन्तिम भाग कहिले प्रसारण गरिनेछ भन्नेबारे मिति भने तय भइसकेको छैन।



    तर आगामी मे महिनादेखि बन्द गर्न सक्ने सम्भावना देखिएको छ। अर्थात् द कपिल शर्मा शो जुन महिनासम्म चल्नेछ। कपिलले सन् २०२१ र २०२२ मा पनि यस्तो बिदा लिएका थिए।

    नयाँ सिजनको कार्यक्रम आउँदा नयाँ कलाकाहरू सहभागी गराइएको थियो। तर पछिल्लो बिदाबाट नयाँ सिजन सुरू गर्दा कार्यक्रमका चर्चित कलाकारद्वय कृष्णा अभिषेक र चन्दन प्रभाकर फर्किएनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार