Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बिहानको समयमा बढी प्रदूषित

    बिहानको समयमा बढी प्रदूषित

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 435
    SHARES

    काठमाडौं । यस साता अन्तर्राष्ट्रिय जगतमा काठमाडौं चर्चामा रह्यो । विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो स्थानमा परेपछि सबैको चासो काठमाडौंमा केन्द्रित भयो ।

    काठमाडौंको वायु गुणस्तर सूचांक (एक्यूआई) लगायत ३ सयमाथि रहेको छ, जसलाई विश्व स्वास्थ्य संगठनले खतरा मान्छ ।



    वर्षा नहुनु र यतिबेला करिब ४ सय स्थानमा डढेलो लागेका कारण कचौराको आकारमा रहेको काठमाडौं उपत्यकालगायतका देशका अन्य भागमा समेत वायु प्रदूषण बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदूषण बढेका कारण भिजिविलिटीमा निरन्तर असर परिरहेको र हवाई उडानसमेत प्रभावित भएका छन् ।



    कृषिजन्य पदार्थ र डढेलोका कारणले मात्र काठमाडौंको वायु प्रदूषण बढेको होइन । द्रुत सहरीकरण, पुराना सवारीसाधन र इन्धनको बढी प्रयोगका कारण पनि काठमाडौंको फोहोर बढेकाले स्वास्थ्यमा असर गरिरहेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक डाक्टर युवराज शर्माले बताए । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार