Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ जना घाइते

    गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ जना घाइते

    अनलाइन नेपाल
  • शनिबार, ९ बैशाख २०८०
  • 1.1K
    SHARES

    धनगढी । मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

    गोदावरी नगरपालिका–५ को गेटास्थित ट्राफिक पोष्ट नजिकै महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको बा १५ च ४६३७ नम्बरको गाडी शनिबार दिउँसो दुर्घटनामा परेको हो ।



    दुर्घटनामा गम्भीर घाइते भएका धनगढी उपमहानगरपालिका–११ बेला बस्ने ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    भट्टको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का ४२ वर्षीय तेजबहादुर पाल र कारमा सवारहरु धनगढी उपमहानगरपालिका–६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, ४८ वर्षीय बसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र अनुखाण चन्द घाइते छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार