Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मोटरसाइकल दुर्घटनामा परि कीर्तिपुरका वडाध्यक्षको निधन

    मोटरसाइकल दुर्घटनामा परि कीर्तिपुरका वडाध्यक्षको निधन

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्बर-४ का वडाअध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ ।

    दुर्घटनामा परी घाइते अधिकारीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा आइतबार दिउँसो निधन भएको हो ।



    उपचारका क्रममा उनको स्वास्थ्यमा सुधार भए पनि आइतबार अचानक प्रेसर बढेपछि उनको निधन भएको बताइएको छ ।



    वैशाख १ गते चम्पादेवी मन्दिर सरसफाइमा गएर फर्कने क्रममा ओरालोमा ब्रेकफेल हुँदा उनी दुर्घटनामा परेका थिए।

    ४७ वर्षीय अधिकारी गत वर्षको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेवारका रुपमा वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार