Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तनहुँ-१ मा रास्वपा उम्मेदवार वाग्लेको अग्रता कायमै

    तनहुँ-१ मा रास्वपा उम्मेदवार वाग्लेको अग्रता कायमै

    अनलाइन नेपाल
  • सोमबार, ११ बैशाख २०८०
  • 759
    SHARES

    तनहुँ । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत तनहुँ-१मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्‍वार डा.स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन्।

    सोमबार राति १०:३२ बजे सार्वजनिक मतपरिणामअनुसार वाग्लेले २६ हजार ८ सय २७ मत प्राप्त गरेका हुन् ।



    प्राप्त पछिल्लो मत गणनाको नतिजाअनुसार वाग्लेले २६ हजार ८ सय २७ मत पाएका छन् । ४२ वडामध्ये ३५ वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत को कार्यालयले जनाएको छ ।



    ५१ हजार दुई सय १९ मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १५ हजार ४ सय ५४ र नेकपा एमालेका सर्वेन्द्र खनालले ७ हजार २ सय ८९ मत प्राप्त गरेका छन् ।

    तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार ७ सय ५७ मत खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार