Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना घाइते

    ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 483
    SHARES

    हेटौंडा । मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि–३, कालिदमारमा मधेस प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।



    दुर्घटनामा मनहरि–३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय राजकुमार प्रजा र ट्याक्टर चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    दुर्घटनामा मनहरी–३ का अमृत प्रजा र जोखलाल प्रजा घाइते भएका छन् । घाइते दुवै जनाको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर अनियन्त्रित भएर पल्टिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार