Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विष्णु पौडेलको चुनावी खर्च साढे २२ लाख

    विष्णु पौडेलको चुनावी खर्च साढे २२ लाख

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 492
    SHARES

    काठमाडौं । एमाले सांसद विष्णु पौडेलले गत मंसिर ४ गते भएको निर्वाचनमा गरेको चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।

    एमालेका केन्द्रीय उपाध्यक्षसमेत रहेका पौडेलले निर्वाचनमा २२ लाख ४५ हजार ८ सय ७६ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।



    पौडेलका निर्वाचन प्रतिनिधि खुमकान्त पौडेलले बुझाएको विवरणअनुसार सवारीसाधनमा ३ लाख ३५ हजार, प्रचार प्रसार सामग्रीमा २ लाख २५ हजार, छापा एपं विद्युतीय माध्यममा ९ लाख २० हजार ८ सय ७६, ढुवानीमा ७१ हजार, गोष्ठी, अन्तरक्रिया कार्यकर्ता परिचालनमा २ लाख ७७ हजार खर्च भएको उल्लेख छ ।



    त्यस्तै, मनोनयन दाखिलामा २२ हजार, कार्यालय सञ्चालनमा ३ लाख ८५ हजार र विविध खर्चमा १० हजार देखाइएको छ ।

    पौडेल गत मंसिरको निर्वाचनमा रुपन्देही-२ प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार