Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ

    गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 591
    SHARES

    पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् ।

    प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनीयताको शपथ गराए ।



    कांग्रेस संसदीय दल नेता रहेका पाण्डे बिहीबार संविधानको धारा १६८ (२) अनुसार अन्य दलको समेत समर्थनमा मुख्यमन्त्री बनेका थिए ।



    उनी नेपाली कांग्रेससहित, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बिहीबार मुख्यमन्त्री बनेका हुन् ।

    मुख्यमन्त्रीले आजै दुई मन्त्री पनि नियुक्त गरेका छन् । सत्तारुढ घटक माओवादीबाट शुशिला सिंखडा र कांग्रेसबाट सरस्वती अर्यालले पनि मन्त्रीको शपथ लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार