Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एसीसी प्रिमियर कप

    युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र पहिलो पटक बेन्चमा

    युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र पहिलो पटक बेन्चमा

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 513
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले टस जितेको छ । यूएईसँगको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।

    खेल केहीबेरमा कीर्तिपुर मैदानमा सुरु हुनेछ । आजको खेल जित्ने टोलीले एसीसी प्रिमियर कपको उपाधिसहित एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।



    खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ । टिममा दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झाले स्थान बनाएका छन्।



    यस्तो छ नेपाली टिम :

    रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार