Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एसिसी प्रिमियर कप

    यूएईविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, दोस्रो विकेट पतन

    यूएईविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, दोस्रो विकेट पतन

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 552
    SHARES

    काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीच कीर्तिपुर मैदानमा उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ।

    नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै युएईले ब्याटिङ गरिरहेको छ । जसअन्तर्गत यूएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।



    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोजेको नेपालले ५ ओभर नखेल्दै यूएईका महत्वपूर्ण २ विकेट लिएको छ।



    नेपालका लागि सोमपाल कामीले महत्वपूर्ण पहिलो विकेट लिए । सोमपालले यूएईका कप्तान मुहम्मद वसीमलाई आउट गरेका छन्।

    तेस्रो ओभरको पहिलो बलमा सोमपालले ललित राजवंशीबाट वसीमलाई क्याचआउट गराए। ८ बलको सामना गरेका वसीम ११ रन बनाएर आउट भए।

    वसीमपछि क्रिजमा आएका वृत्य अरविन्द ८ रनमा आउट भए। चौथो ओभरको पाँचौं बलमा करण केसीले अरविन्दलाई आसिफ शेखबाट क्याचआउट गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार