Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एसीसी प्रिमियर कप

    नेपालले लियो यूएईको चार विकेट

    नेपालले लियो यूएईको चार विकेट

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 531
    SHARES

    काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीच कीर्तिपुर मैदानमा उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ।

    नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै युएईले ब्याटिङ गरिरहेको छ । जसअन्तर्गत यूएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।



    अलराउण्डर करण केसीले २ विकेट लिएका छन् । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले युएईको चार विकेट लिएको छ ।



    नेपालका अलराउण्डर करण केसीले दुई, सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिए । ललित राजवंशीले रमिज शहजादलाई आउट गरे ।

    करणले नवौ ओभरको पहिलो बलमा आर्यन लाक्रालाई १३ रनमा आरिफ शेखको हातबाट क्याच आउट गराए ।

    त्यसअघि करणले नै वृत्या अरविन्दलाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराए। वृत्याले ८ बलमा २ चौका हान्दै ८ रन बनाएका थिए।

    सोमपाल कामीले ओपनर तथा कप्तान मुहम्मद वसिमलाई ललित राजवंशीको हातबाट क्याच गराए । वसिमले ८ बलमा एक चौका र एक छक्का मद्दतमा ११ रन बनाएका थिए । युएईले १०.३ ओभरमा ४ विकेट गुमाएर ४० रन बनाएर खेलिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार