Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेप्सेमा एकल अंकको गिरावट, कारोबार रकम पनि घट्यो

    नेप्सेमा एकल अंकको गिरावट, कारोबार रकम पनि घट्यो

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 420
    SHARES

    काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक लगातार चौथो दिन पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा झरेको छ।

    मंगलबार नेप्सेमा १४४ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ । यस्तै ६८ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ७ कम्पनीको स्थिर रहेको छ ।



    मंगलबार २३ लाख ३६ हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँ बराबरको कारोबार छ ।



    कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा आत्मानिर्भर लघुवित्त वित्तीय संस्था, सनराइज डेबेन्चर २०८०, गुराँस लघुवित्त वित्तीय संस्था र पिपुल्स पावर लिमिटेड रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार