Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपालगन्जको जमुनाह नाका दुई दिनका लागि बन्द

    नेपालगन्जको जमुनाह नाका दुई दिनका लागि बन्द

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 603
    SHARES

    बाँके । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि जमुनाहा नाका बन्द भएको छ ।

    मङ्गलवार राति १२ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म नाका पूर्णरुपमा बन्द गरिने जनाईएको छ ।



    खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमानाका बन्द गर्न लागिएको हो ।



    यस अवधिमा हरियो तरकारी, माछा, दूध, पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शवबाहन सवारी साधनमा भने रोक लगाईने छैन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार