Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • चैतन्य पाठशाला धनगढीको प्रमुख सल्लाहकारमा डा. हेमराज, थप तीन पुरस्कारको घोषणा

    चैतन्य पाठशाला धनगढीको प्रमुख सल्लाहकारमा डा. हेमराज, थप तीन पुरस्कारको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 552
    SHARES

    कैलाली । चैतन्य पाठशाला धनगढीको प्रमुख सल्लाहकारमा डाक्टर हेमराज पन्त चयन भएका छन् । पाठशालाले बुधबार एक कार्यक्रमको आयोजना गरी पन्तलाई सो जिम्मेवारी दिइएको जनाएको हो ।

    पाठशालालाई थप उत्कृष्ट बनाउने उद्देश्यले पन्तलाई प्रमुख सल्लाहकारको जिम्मेवारी दिएको पाठशालाका अध्यक्ष गणेश राज जोशीले जानकारी दिए । यस्तै पाठशालाले थप तीन वटा पुरस्कारको घोषणा गरेको छ । पाठशालाले यस अघि वार्षिक उत्सवको अवसरमा शिक्षा साधना सेवा पुरस्कार घोषणा गरिसकेको थियो ।



    शिक्षा साधना पुरस्कार आज मात्रै पाठशालाको प्रमुख सल्लाहकारमा नियुक्त भएका डा. पन्तलाई जनही ५० हजार राशिको प्रदान गरेको थियो । यस वर्षदेखि साहित्य साधना,कला संस्कृति साधना र उत्कृष्ट खेलाडी साधना पुरस्कार घोषणा गरिएको पाठशालाका अध्यक्ष जोशीले जानकारी दिए । तीन वटाको पुरस्कारको राशि जनही २५ हजार राखिएको छ ।



    यसअघि पाठशालाले ती पुरस्कार छनोट समितिको संयोजकमा डा. पन्त र सदस्यमा ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टलाई राखेका छन् । आगामी दिनमा पनि विभिन्न क्षेत्रमा आबद्ध उत्कृष्टहरूलाई पनि पुरस्कार वितरणमा उहाँको सहयोग महत्त्वपूर्ण रहने पाठशालाका अध्यक्ष गणेश राज जोशीले बताए ।

    पाठशालाका अध्यक्ष जोशीले विद्यालयले संस्कार सहितको शिक्षा प्रदान गर्ने उद्देश्य रहेको बताएका छन् । पाठशालामा आउने हरेक व्यक्ति, विद्यार्थी शिक्षक तथा अभिभावकलाई सकारात्मक र खुसीको वातावरण सिर्जना गर्ने उद्देश्य विद्यालयको रहेको बताए । विद्यालयमा शिक्षक, शिक्षिका पनि विषयगत अध्यापन नभएर आदर्श विद्यार्थी, शिक्षक, अभिभावक बनाउन लागिरहेको उनले बताए ।

    यस्तै चैतन्य पाठशाला धनगढीको प्रमुख सल्लाहकार डाक्टर पन्तले आफूलाई प्रमुख सल्लाहकारमा नियुक्त गरेकोमा पाठशाला परिवारलाई धन्यवाद व्यक्त गरे । उनले आफू पनि पाठशालाको विगत समय देखी अध्ययन गर्दै आएकोले यस पाठशालाले नयाँ फरक र सकारात्मक कुरा सिकाउन खोजेको बताए ।

    उनले संस्कार भन्ने कुरा जरुरी भएको बताए । संस्कार सहितको शिक्षा विद्यार्थी अभिभावक, शिक्षक शिक्षिकामा उत्तिकै अपरिहार्य रहेको उनको भनाई छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार