Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • परराष्ट्रमन्त्री साउद आज बेलायत जाँदै, राज्याभिषेकमा सहभागी हुने

    परराष्ट्रमन्त्री साउद आज बेलायत जाँदै, राज्याभिषेकमा सहभागी हुने

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 588
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउँद आज बेलायत जाँदै छन् ।

    संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन साउँद आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।



    लण्डनमा रहँदा मन्त्री साउँद वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको छ ।



    सो अवसरमा उनी अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनेछन् । परराष्ट्रमन्त्री साउँद वैशाख २६ गते स्वदेश फर्किने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार