Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सर्बियाको विद्यालयमा गोली चल्यो, ९ जनाको मृत्यु

    सर्बियाको विद्यालयमा गोली चल्यो, ९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 798
    SHARES

    एजेन्सी । सर्बियाको राजधानी बेलग्रेडमा रहेको विद्यालयमा जथाभाबी गोली चल्दा आठ बालबालिकासहित नौ जनाको मृत्यु भएको छ ।

    बुधबार बिहान विद्यालय समय सुरु हुनेबित्तिकै एक जना १४ वर्षका किशोरले जथाभाबी गोली चलाउदा नौ जनाको मृत्यु भएको हो । आक्रमणमा विद्यालयका सुरक्षा गार्डको पनि ज्यान गएको छ ।



    सुरक्षा गार्डले आक्रमणकारीबाट थप बालबालिकाको ज्यान जोगाउनका लागि आफैँलाई गोली थापेका बताइएको छ ।



    जथाभाबी गोली चलाउने किशोर ७ कक्षामा पढ्ने विद्यार्थी भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनापछि सर्बिया शोकमा डुबेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार