Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दोहोरो अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

    दोहोरो अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 447
    SHARES

    काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ ।

    साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से १२.७३ अंकले वृद्धि भएर १८६९.७३ विन्दुमा बन्द भएको हो ।



    नेप्से सूचक बढ्दै गर्दा यता कारोबार भने बढ्न सकेन । १२ अंकमाथिले नेप्से बढेको यस दिन जम्मा ७३ करोड २६ लाख ८९ हजार रुपैयाँ बराबरको २५ लाख ३३ हजार कित्ता बराबरको मात्र सेयर कारोबार भएको छ ।



    आज १३ वटा उपसूचक नै धनात्मक हुँदै बजारमा हरियाली छाएको छ । आज नबिल ग्रोथ फन्ड र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.८६ प्रतिशत र ९.१६ प्रतिशतले बढेका छन् भने एनएमबी डी८७र८८ डिभेन्चर फन्डको मूल्य ५.८५ प्रतिशतले घट्न पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार