Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • टेक्सासमा बस कुरिरहेकामाथि कारले कुल्चिँदा ८ जनाको मृ्त्यु

    टेक्सासमा बस कुरिरहेकामाथि कारले कुल्चिँदा ८ जनाको मृ्त्यु

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 516
    SHARES

    एजेन्सी । अमेरिकाको टेक्सासमा एक कारले मानिसहरुको समूहलाई ठक्कर दिँदा ८ जनाको मृत्यु भएको छ ।

    घरबारविहीन तथा आप्रवासीहरुको आश्रयस्थल नजिक रहेको बस स्टपमा मानिसहरुको एक समूहलाई कारले ठक्कर दिएको हो ।



    उक्त घटनामा ६ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।



    मेक्सिकोको सीमा नजिकैको ब्राउन्सभिल सहरमा बिहान साढे ८ बजेको समयमा उक्त घटना भएको टेक्सास प्रहरीले जनाएको छ । बस कुरिरहेका करिब २० जनाको समूहलाई कारले ठक्कर दिएको थियो ।

    घटनाका पीडितहरु भेनेजुएलाका नागरिक रहेको बताइएको छ । उक्त कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार