Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • टेक्सासको गाई फर्ममा विष्फोट, १८ हजार गाई हताहत

    टेक्सासको गाई फर्ममा विष्फोट, १८ हजार गाई हताहत

    अनलाइन नेपाल
  • शुक्रबार, १ बैशाख २०८०
  • 615
    SHARES

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको टेक्सासमा रहेको एक डेरी फार्मममा विस्फोट हुँदा करिब १८ हजार गाई मरेका छन् ।

    डिमिट सहर नजिकैको साउथ फोर्क डेरीमा भएको विस्फोटमा उक्त हताहत भएको हो । एकजना घाइते भएका छन् ।



    अधिकारीहरूले फर्ममा रहेको भ्याकुम मेसिनमा आगलागि भएको र मिथेन ग्यास स्टोर जलेको हुनसक्ने अनुमान गरेका छन् ।



    प्रहरी र आकस्मिक कर्मचारीहरू घटनास्थलमा पुगेपछि त्यहाँको आगलागी र धुँवाको मुस्लोमा फसेका एकजनाको उद्धार गरी अस्पताल लगिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार