Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • लरीभित्र ४२ जनाको शव फेला, १६ जना अस्पतालमा भर्ना

    लरीभित्र ४२ जनाको शव फेला, १६ जना अस्पतालमा भर्ना

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 1K
    SHARES

    एजेन्सी । अमेरिकाको टेक्सासस्थित सान एन्टोनियोनजिकै एक लरीमा ४२ जनाको शव फेला परेको छ ।

    उक्त शव आप्रवासीहरुको भएको हुन सक्ने अनुमान छ । कम्तीमा १६ जना मानिसलाई अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।



    सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा ठूलो लरीको आसपासमा उद्धारकर्ताको भिड देख्न सकिन्छ। न्युयोर्क टाइम्सका अनुसार अहिले प्रहरीले लरीका चालकको खोजी तीव्र पारेको छ।



    सान एन्टोनियोस्थित रेल ट्र्याकनजिकै रोकिएको उक्त लरीमा चालक भने थिएनन् । अहिलेसम्म लरीमा रहेका मानिसहरुको मृत्यु के कारणले भएको हो भन्ने खुलेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार