Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दोहोरो अंकले उकालो लाग्यो शेयर बजार

    दोहोरो अंकले उकालो लाग्यो शेयर बजार

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 441
    SHARES

    फाइल फोटो

    काठमाडौं । आइतबार र सोमबार लगातार दुई दिन दोहोरो अंकले घटेको बजार परिसूचक नेप्से मंगलबार भने दोहोरो अंकले बढेको छ ।

    मंगलबार नेप्से सुचकमा १०.६६ अंकले उकालो लागि १८४४.३६ विन्दुमा आएर रोकिएको छ।



    आज सबै उपसुचकहरुमा हरियाली छाएको छ भने अघिल्लो दिनको तुलनामा कारोबार रकम खुम्चिएको छ ।



    आज २६९ कम्पनीको २८ लाख २६ हजार १३९ कित्ता शेयर ७७ करोड ४७ लाख ६० हजार ६४७ रुपैयाँमा किनबेच भएको छ ।

    जसमा सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । कम्पनीको मंगलबार ६ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार