Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा शर्मा

    गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा शर्मा

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 552
    SHARES

    पोखरा । गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा श्रीधर शर्मा नियुक्त भएका छन् ।

    पटक पटक दरखास्त आह्वान र विवादित बन्दै आएको परिषद्को सचिवमा अन्ततः शर्मा नियुक्त भएका हुन् ।



    कानुन व्यवसायीसमेत रहेका शर्मा भलिबल संघका पूर्व सचिव हुन् ।



    प्रदेश खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव तेजबहादुर गुरुङ उमेर हदका कारण गत कात्तिक २४ गते पदमुक्त भएपछि रिक्त पदमा शर्मालाई नियुक्त गरेको हो ।

    गुरुङ स्वतः पदमुक्त भएको करिब २ महिनापछि पुस ६ गते सरकारले सदस्य सचिव पदका लागि दरखास्त आह्वान गरेको दरखास्त आह्वान विवादित बन्दै आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार