Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

    ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 693
    SHARES

    फाइल तस्विर

    ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।

    जिल्लाको मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ सिँवाका सन्दिप तामाङको मृत्यु भएको हो ।



    बिहीबार राति मैवाखोला गाउँपाकिला १ तेल्लाबुङतर्फ बालुवा लिएर जाँदै गरेको को २ त ७८७७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।



    चालक मिक्वाखोला गाउँपालिका १ का कुशल लिम्बू भने दुर्घटनापछि फरार रहेका छन् । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार