Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • म्यानचेस्टर सिटीले जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि

    म्यानचेस्टर सिटीले जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 933
    SHARES

    काठमाडौं । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन बनेको छ ।

    उपाधि होडमा रहेको आर्सनल गएराति भएको खेलमा पराजित भएसँगै सिटी तीन खेल बाँकी छँदै लगातार तेस्रो सिजन च्याम्पियन बनेको हो ।



    दोस्रो स्थानमा रहेको आर्सनलले अब एक खेल मात्रै खेल्न बाँकी छ । यो खेलमा जिते पनि अहिले सिटी ४ अंकले अघि छ ।



    उसले खेल्न बाँकी तीन वटै खेल हारे पनि च्याम्पियन बन्नेछ । सिटीले आज चेल्सीसँगको खेलपछि प्रिमियर लिगको उपाधि प्राप्त गर्नेछ ।

    यससँगै सिटीले लिगको उपाधिका ह्याट्रिक गरेको छ । युनाइटेडले १९९८–२००१ र २००६–२००९ मा लगातार तीनपटक उपाधि जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार