Online Nepal
  • बुधबार, १६ जेष्ठ २०८१
  • ओलावालेको गोलमा मछिन्द्र दोस्रो स्थानमा उक्लियो, मनाङ र एपीएफको बराबरी

    ओलावालेको गोलमा मछिन्द्र दोस्रो स्थानमा उक्लियो, मनाङ र एपीएफको बराबरी

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 528
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले जित निकालेको छ ।

    आइतबार च्यासल मैदानमा सम्पन्न भएको खेलमा मछिन्द्र क्लबले न्यूरोड टिमलाई २-० गोल अन्तरले पराजित गरेको हो ।



    मछिन्द्रको जितमा आफिज ओलावाले र सौरभ लिम्बुले एक एक गोल गरे ।



    जितसँगै मछिन्द्रले २० खेलबाट ३४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ भने एनआरटीले २० खेलमा २३ अंक जोडेको छ ।

    लिगमा आजै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मनाङ मस्र्याङ्दी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले २–२ को बराबरी खेल्दै अंक बाँडे ।

    यस बराबरीसँगै मनाङले २० खेलमा २४ अंक जोडेको छ । एपीएफ उति नै खेलमा २३ अकंसहित दशौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार