Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तीन खेल हुँदै

    सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तीन खेल हुँदै

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 636
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीनवटा खेल हुँदैछन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछ भने च्यासल मैदान, ललितपुरमा एक खेल हुनेछ ।



    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र एनआरटीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।



    दशरथ रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र मछिन्द्रबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

    त्यस्तै, च्यासल मैदानमा हुने एक मात्र खेलमा एपिएफ फुटबल क्लब र संकटा क्लब बिच प्रतिस्पर्धा हुनेछ । यी दुई टोली बीचको खेल ३ बजेबाट सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार