Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काभा महिला भलिबल : उज्वेकिस्तानलाई हराउँदै भारत फाइनलमा

    काभा महिला भलिबल : उज्वेकिस्तानलाई हराउँदै भारत फाइनलमा

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 591
    SHARES

    काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कप २०२३को सेमिफाइनलमा उज्वेकिस्तानविरुद्ध सोझो सेटमा जित निकाल्दै भारत फाइनलमा पुगेको छ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भएको खेलमा उज्वेकिस्तानलाई ३९० को सोझो सेटमा पराजित गर्दै भारत फाइनल प्रवेश गरेको हो ।



    पहिलो सेट १७–२५ ले आफ्नो पक्षमा पारेको भारतले दोस्रो सेटमा २०–२५ को जित निकालेको थियो। निर्णायक बनेको तेस्रो सेटमा उज्वेकिस्तानले १५–२५ को नतिजा सुम्पियो। भारत समूह ‘ए’को विजेता बन्दै अन्तिम चारमा पुगेको थियो।



    यस्तै, उज्वेकिस्तान समूह ‘बी’को उपविजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो। आजै पाँच बजे हुने दोस्रो सेमिफाइनलमा नेपाल र कजाकस्तान आमनेसामने हुँदैछन्। नेपाल समूह ‘ए’को उपविजेता तथा कजाकस्तान समूह ‘बी’को विजेता बन्दै अन्तिम चारमा पुगेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार