Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काभा नेसन्स लिगमा नेपाल इरानसँग पराजित

    काभा नेसन्स लिगमा नेपाल इरानसँग पराजित

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 957
    SHARES

    काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० पुरुष भलिबल नेसन्स लिगकोमा लगातार तेस्रो हार बेहोर्ने क्रममा बलियो इरानसँग पराजित भएको छ ।

    बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा मंगलबार इरानले नेपाललाई ३-० को सोझो सेटमा हराएको हो ।नेपालमाथि इरानले २५-१६,२५-२२ र २५-२२ को सेटमा जित निकाल्यो।



    यस अघि नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो ।



    काभा पुरुष भलिबल नेपालसहित किर्गिस्तानको दुई टोली, इरान, तुर्किमिनिस्तान, मंगोलिया र उज्वेकिस्तान गरि सात टोलीको सहभागिता रहेको छ । अब नेपालले चौंथो खेलमा बिहीबार तुर्किमिनिस्तानको सामना गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार