Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काभा पुरुष भलिबलमा नेपाल र उज्वेकिस्तान भिड्दै

    काभा पुरुष भलिबलमा नेपाल र उज्वेकिस्तान भिड्दै

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 621
    SHARES

    काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको अन्तिम खेलमा नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

    बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले उज्वेकिस्तानको सामना गर्न लागेको हो ।



    नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो १:४५ बजे सुरु हुनेछ । नेपालले अघिल्ला पाँच खेलमा लगातार हार व्यहोरेको थियो ।



    नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो । तेस्रो खेलमा इरानसँग पराजित भएको नेपालले चौंथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो ।

    यस्तै शुक्रबार किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित हुँदै नेपालले पाँचौं हार व्यहोरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार