Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काभा नेसन्स लिगमा नेपाल मंगोलियासँग पराजित

    काभा नेसन्स लिगमा नेपाल मंगोलियासँग पराजित

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 822
    SHARES

    काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको पहिलो खेल मै नेपालले हार व्यहोरेको छ ।

    किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार भएको खेलमा नेपाललाई मंगोलियाले ३-१ को सेटमा पराजित गरेको हो ।



    मंगोलियाले नेपाललाई २५-१९, २५-२०, २५-२७ , २५ -२० ले हराएको हो । नेपालले अब दोस्रो खेलमा सोमबार किर्गिस्तानसँग खेल्नेछ । मंगोलिया विरुद्ध नेपालका हेमन्त मल्ल र भीम गाहा मगरले डेब्यु गरे ।



    काभा पुरुष भलिबल नेपालसहित किर्गिस्तानको दुई टोली, इरान, तुर्किमिनिस्तान, मंगोलिया र उज्वेकिस्तान गरि सात टोलीको सहभागिता रहेको छ । नेपालले यसपटक नयाँ कप्तान हरि हजुर थापाको नेतृत्वमा खेल्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार