Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काभा पुरुष भलिबलको अन्तिम खेलमा पनि नेपाल पराजित

    काभा पुरुष भलिबलको अन्तिम खेलमा पनि नेपाल पराजित

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 717
    SHARES

    काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको अन्तिम खेलमा पनि नेपालले हार बेहोरेको छ ।

    आइतबार बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।



    उज्वेकिस्तान नेपाललाई २५–२१, २५–२२ र २५–२३ को सोझो सेटमा पराजित गरेको हो । यो छैटौं हारसँगै जारी प्रतियोगितामा नेपालको कुनै खेल जित्न सकेन ।



    नेपालले अघिल्ला पाँच खेलमा लगातार हार व्यहोरेको थियो । नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो ।

    तेस्रो खेलमा इरानसँग पराजित भएको नेपालले चौंथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो । यस्तै शुक्रबार किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित हुँदै नेपालले पाँचौं हार व्यहोरेको थियो ।

    सिंगल राउन्ड रोबिनमा हुने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि खेल्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार