Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काभा नेसन्स लिगमा नेपालले तुर्किमिनिस्तानसँग प्रतिस्पर्धा गर्दै

    काभा नेसन्स लिगमा नेपालले तुर्किमिनिस्तानसँग प्रतिस्पर्धा गर्दै

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 648
    SHARES

    काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको चौंथो खेलमा नेपालले आज बिहीबार तुर्किमिनिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

    बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले तुर्किमिनिस्तानको सामना गर्नेछ । खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।



    अंक विहीन रहँदै अघिल्ला तीन खेलमा लगातार हार व्यहोरेको नेपाल आज पहिलो जित निकाल्ने योजनामा रहेको छ ।



    नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो । यस्तै तेस्रो खेलमा नेपाल इरानसँग पराजित भएको थियो ।

    नेपालसहित ७ टोलीको सहभागिता काभा नेसन्स लिगमा नेपालले पाँचौं खेलमा किर्गिस्तानको ‘बी’ टोली र अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार