Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काभा नेसन्स लिगमा नेपालको मंगोलियासँग खेल्दै

    काभा नेसन्स लिगमा नेपालको मंगोलियासँग खेल्दै

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 732
    SHARES

    काठमाडौं । कीर्गिस्तानको बिस्केकमा आजदेदखि काभा पुरुष भलिबल नेसन्स लिग सुरु हुँदैछ ।

    जुन १८ देखि २५ सम्म हुने नेसन्स लिगमा नेपालले आज पहिलो खेलमा मंगोलियासँग खेल्दैछ । नेपालले मंगोलियासाग २०१८ पछि पहिलो पटक खेल्न लागेको हो ।



    २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा नेपालले मंगोलियालाई पराजित गरेको थियो ।



    सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को कार्यक्रम अनुसार हुन लागेको नेसन्स लिगमा नेपालसहित कुल ७ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा घरेलु टोली कीर्गिस्तानको भने दुई टिम समावेश छन् ।

    नेपालले दोस्रो खेल जुन १९ मा घरेलु टोली कीर्गिस्तानसँग खेल्नेछ भने तेस्रो खेल इरानसँग जुन २० मा खेल्नेछ ।

    नेपालले जुन २२ मा तुर्कमिनेस्तान, जुन २३ मा कीर्गिस्तान बी टिम र जुन २५ मा उज्वेकिस्तानसँग खेल्नेछ । नेपालले यसपटक नयाँ कप्तान हरि हजुर थापाको नेतृत्वमा खेल्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार