Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काभा नेसन्स लिगमा नेपालले किर्गिस्तानसँग खेल्दै

    काभा नेसन्स लिगमा नेपालले किर्गिस्तानसँग खेल्दै

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 621
    SHARES

    काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको पाँचौं खेलमा नेपालले आज शुक्रबार किर्गिस्तानको ‘बी’ टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

    बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले आयोजक टोलीको ‘बी’ टिमसँग खेल्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।



    नेपाल यसअघि किर्गिस्तान ए सहित ४ टोलीसँग पराजित भइसकेको छ ।



    पहिलो खेलमा मंगोलियासँग हारेको नेपाल दोस्रो खेलमा किर्गिस्तानको ए टोलीसँग पराजित भएको थियो । यस्तै तेस्रो खेलमा इरानसँग र चौथो खेलमा बिहीबार तुर्किमिनिस्तानसँग पराजित भएको थियो ।

    नेपालसहित ७ टोलीको सहभागिता काभा नेसन्स लिगमा नेपालले अन्तिम खेल उज्वेकिस्तानसँग खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार