Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • जनमत पार्टीले प्रतिनिधि सभाका दुईजना सांसदलाई गर्‍यो निष्कासन

    जनमत पार्टीले प्रतिनिधि सभाका दुईजना सांसदलाई गर्‍यो निष्कासन

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले दुईजना सांसदलाई निष्कासन गरेको छ ।

    शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद सोनु मुर्मुर र विनिता सिंहलाई कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको हो । मुर्मुर मोरङकी समानुपातिक सांसद हुन् भने सिंह सिरहाकी सांसद हुन् ।



    बैठकले दलित कलस्टरबाट सांसद बनेकी सोनु मुर्मुरको ठाउँमा कपिलवस्तुकी दुर्गावत्ती धोवीलाई संसद् बनाउन सिफारिस गर्ने निर्णय गरेको छ भने आदिवासी जनजाति कलस्टरबाट सांसद बनेकी विनीताको ठाउँमा कसलाई पठाउने भन्नेबारे निर्णय हुन बाँकी रहेको बताइएको छ ।



    जनमतले ‘राइट टु कल’ भन्ने पार्टीको नीति अन्तर्गत पार्टीबाट कारबाही गरेर सांसदको भूमिकाबाट हटाउने निर्णय गरेको बताइएको छ । उनीहरूले सांसद भएर अनुशासन उल्लंघन गरेको जनमतको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार