Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतलाई

    काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतलाई

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 474
    SHARES

    काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को उपाधि भारतले जितेको छ ।

    राष्ट्रिय खेलकुद परिषद ९राखेप० को कभर्डहलमा सम्पन्न फाइनलमा काजकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।



    पहिलो सेट २५-१५ ले जितेको भारतले प्रतिस्पर्धात्मक दोस्रो सेटमा काजकिस्तानलाई २५-२२ ले पछि पार्‍यो । प्रतियोगितामा बलियो मानिएको काजकिस्तान त्यसपछि कुनैपनि समय खेलमा फर्किन सकेन ।



    तेस्रो सेट १८-२५ ले गुमाउँदै उपाधि भारतलाई सुम्पियो । जारी प्रतियोगितामा भारत सेमिफाइनलमा उज्वेकिस्तान र काजकिस्तान नेपाललाई हराउँदै फाइनल पुगेका थिए ।

    भारतले जारी प्रतियोगितामा अपराजित रहँदै उपाधि उचालेको हो । यस्तै, आयोजक नेपाल आजै सम्पन्न तेस्रो स्थानको खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै तेस्रो हुन सफल रह्यो ।

    जेठ ८ गतेदेखि सुरू भएको प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता थियो । हरेक ४ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार